रहेनन् वामपन्थी नेता प्रदीप नेपाल



वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो नेता नेपालको निधन भएको अस्पताल उच्च स्रोतले जनाएको छ ।

अस्पतालको सघन उपचार कक्ष(आईसीयू)मा उपचाररत नेपालको केही समयअघि निधन भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रकाशित मिति : २०८२ बैशाख २३ गते मङ्गलवार