शिक्षक र सरकारबीचको वार्तामा मिलेन कुरा, अध्यक्ष भन्छन्ः शिक्षा ऐन नलिई फर्किंदैनौँ



काठमाडौं । आज बिहान बसेको नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ । आज सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तको उपस्थितिमा भएको वार्ता निष्कर्षविहीन भएको हो । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले वार्तामा शिक्षकका माग सरकारलाई जानकारी गराएको र शिक्षा ऐन जारी गराउनु नै आन्दोलनको मुख्य मुद्दा भएको बताए ।

उनले अहिले नै आन्दोलन स्थगित भइहाल्ने अवस्था नभएको बताए । तर, केही दिनमा निकास निक्लने विश्वास व्यक्त गरे ।

कम्तिमा संसदमा विद्यालय शिक्षा विधेयक प्रवेश गर्नुपर्ने र ग्रेडवृद्धि, मर्यादाक्रमलगायतका विषय मन्त्रिपरिषद्बाट निर्णय भएपछि आन्दोलन के गर्ने भन्ने विषयमा सोच्ने सकिने उनको भनाइ छ ।

शिक्षकहरू आन्दोलित भएको आज ८५ औं दिन भएको छ । शैक्षिक हड्ताल गरेर काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको २५ दिन पुगेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १३ गते शनिवार