काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो ।
उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् ।
देशभरिका शिक्षकहरू २० दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो।
उनले शिक्षकहरूको आन्दोलनको निकास ननिस्कँदा सहकर्मीमाझ निराशा व्यक्त गरिरहेकी थिइन्।
प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार





