काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले शिक्षक आन्दोलन चलिरहेको भन्दै किन चलाएको हो भनेर प्रश्न गरेका छन्। काठमाडौंमा सोमबार आयोजित ‘हिमालयन डाइलग’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रश्न गरेका हुन्।
‘अहिले शिक्षक आन्दोलन चल्या छ। किन चलाउनुभएको हो शिक्षक साथीहरूले मलाई थाहा छैन। म प्रधानमन्त्री छु, भनिराखेको छु। जायज मागहरू लिएर कोही आउँदाखेरि आन्दोलन गरिरहनु पर्दैन हामी त्यसको समाधान दिन्छौ’ ओलीले भने, ‘हामी त्यसलाई सम्बोधन गर्न तयार छौं। दुःख पाउनु पर्दैन, सडकमा गएर सुत्नै पर्दैन भनिराखेका छौं उहाँहरूले किन दुःख पाउनुभएको हो?’
प्रकाशित मिति : २०८१ चैत्र २४ गते सोमवार





