काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिने भएको छ । हेपाली हाइटस्थित निवासबाट पक्राउ परेका लामिछानेलाई आज भद्रकालीमा राखिने प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए ।
लामिछानेलाई शनिबार बिहान भैरहवा लगिने भएको छ। अहिले भैरहवाका लागि उडान नरहेकाले आज काठमाडौँ प्रहरीकै हिरासतमा राखेर भोलि बिहान मात्रै पठाउने तयारी भएको हो।
प्रकाशित मिति : २०८१ चैत्र २१ गते शुक्रवार





