नगर प्रहरीलाई धकेलेर महानगर पसे प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं



प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काठमाडौं महानगरपालिका कार्यालय प्रवेश गरेका छन्। वडाध्यक्षहरू र कर्मचारीहरूले बिहीबार कार्यालय परिसरबाट गुरागाईंलाई कार्यकक्षसम्म पुर्‍याएका हुन्।

गुरागाईं महानगर प्रवेश गर्दा मुख्य ढोकामा नगर प्रहरी तैनाथ थिए। वडाध्यक्षहरू र कर्मचारीहरूले गुरागाईंलाई बीचमा राखेर नगर प्रहरीलाई ठेलमठेल गरी कार्यालयभित्र लगेका हुन्।

प्रकाशित मिति : २०८१ चैत्र २० गते बिहिवार