काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ। पत्र नबुझ्ने भन्दै निर्मल निवासले गेटबाटै नगर प्रहरीलाई फिर्ता पठाएको हो।
चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन र तोडफोडका क्रममा क्षति पुगेको भन्दै महानगरले पूर्व राजा ज्ञानेन्द्र शाहका नाममा ८ वटा पत्र काट्दै ७ लाख ९३ हजार जरिवाना तोकेको थियो।
जरिवाना तोकेको उक्त पत्र निर्मल निवासमा बुझाउन गएको नगर प्रहरीलाई गेटबाटै फिर्ता पठाइदिएपछि अब हुलाकबाट पत्र पठाउने तयारीमा महानगर छ।
आइतबार नगर प्रहरी पूर्णचन्द्र भट्टको नेतृत्वमा पत्र बुझाउन पुगेको महानगर प्रहरीलाई निर्मल निवासको गेटबाटै फिर्ता पठाइएको थियो।
प्रकाशित मिति : २०८१ चैत्र १६ गते आइतवार





