महँगो पर्यो राजावादी आन्दोलन, निर्मल निवास गयो ७ लाख ९३ हजारको बिल



काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ । महानगरले फोहोरमैला, बोट विरुवा तथा रेलिङमा क्षति, वारुणयन्त्रमा क्षतिलगायत शीर्षकमा जरिवाना गरेको हो।

हिजो राजावादीहरुले गरेको प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर गरेको भन्दै महानगरले पूर्वराजालाई जरिवानासहितको पत्रहरु काटेको हो ।

हिजो राजावादीहरुले तीनकुनेमा प्रदर्शन गर्दा तोडफोड र लुटपाट गरेको सबै मूल्यांकन गरेर विभिन्न शीर्षकमा महानगरले जरिवाना तोकेको छ । राजावादीहरुको हिजो काठमाडौंमा भएको प्रदर्शन पूर्वराजा शाहकै निेर्देशनमा भएको भन्दै महानगरले निर्मल निवासलाई नै पत्र काटेको हो ।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार