पूर्वराजा शाहको पासपोर्ट रद्द गर्ने तयारी



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया सुरु भएको छ ।

उच्च सरकारी स्रोतका अनुसार शुक्रवारको हिंसात्मक आन्दोलनको मुख्य पात्र उनै भएकोले विदेश भाग्ने आशंकामा राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाइएको हो ।

सरकारमाथि ज्ञानेन्द्रलाई कारवाही गर्न विपक्षी दलहरुबाट पनि दबाब बढिरहेको छ । यस्तोमा उनी अनुसन्धान थालिएपछि विदेश भाग्न सक्ने आशंकामा पासपोर्ट रद्द गर्न लागिएको हो । यो प्रक्रिया अघि बढिसकेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार