रवीन्द्र मिश्र र धवलशम्शेर राणासहित १७ जना पक्राउ, दुर्गा प्रसाईं फोन अफ गरेर फरार



काठमाडौं तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्‍याइएपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मिश्रसहित नेताहरु धवलशम्शेर राणा, सेफोर्ड लिम्बु, सन्तोष तामाङलाई प्रचलित ऐनअनुसार विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जनाएको छ । प्रहरीसँगको झडपका क्रममा १२ जनालाई भने शुक्रबार दिउँसै पक्राउ गरिएको छ ।

सामाजिक संजालमा स्टाटस लेखेर बेपत्ता प्रसाईंलाई प्रहरीले खोजिरहेको छ।

प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार