काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विपक्षीले माग गरे अनुसार संसदमा जवाफका लागि तयार भएका छैनन् ।
सभामुख देवराज घिमिरेको सचिवलयका अनुसार प्रधानमन्त्रीले जवाफका लागि तयार रहेको सूचना दिएका छैनन् । उनको सचिवालयले भनेको छ, ‘अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना छैन ।’
छलफल नयाँ वानेश्वरस्थित संसद भवनमा जारी छ । छलफलमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना, एमालेका कुख्य सचेतक महेश बर्तौला, कांग्रेसकी सचेतक शुशिला थिङ रहेका छन् ।
विपक्षी दलहरूको तर्फबाट माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायत उपस्थित रहेका छन् ।
कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री ओली जवाफ दिन तयार नहुँदा केही दिन देखि सदनको कामकारबाही प्रभावित हुँदै आएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार





