काठमाडौं । यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएर विवादित बनेका प्रमुख सचेतक श्यामकुमार घिमिरेको कांग्रेस बैठकमा व्यापक आलोचना भएको छ ।
मंगलबार सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बसेको वर्तमान तथा पूर्वपदाधिकारीहरूको बैठकमा नेताहरूले घिमिरेको अभिव्यक्तिको चर्को आलोचना गरेका हुन् ।
प्रतिनिधिसभाको बैठकमै घिमिरेले दिएको अभिव्यक्तिले पार्टीलाई नै असर पारेको भन्दै नेताहरूले सदनमै उपस्थित भएर माफी माग्न भनेका छन् ।
पदाधिकारी बैठकमा नेताहरूले घिमिरेको सो अभिव्यक्तिको आलोचना गर्दै उनलाई माफी माग्न लगाउनु पर्ने भनाइ राखेपछि सभापति देउवाले बैठकमौ घिमिरेलाई बोलाउन लगाएका थिए ।
प्रकाशित मिति : २०८१ चैत्र ४ गते मङ्गलवार





