श्री लक्ष्मी माध्यमिक विद्यालय, बाजुराले मावि तहको विज्ञान विषयको शिक्षकको लागि दरखास्त आव्हान गरेको छ। विद्यालयले दोस्रोपटक दरखास्त माग्दै योग्य नेपाली नागरिकहरूलाई आवेदन दिनको लागि सूचना प्रकाशित गरेको हो।
बडीमालिका नगरपालिका, मार्तडीबाट स्वीकृत शिक्षण सिकाइ केन्द्रीय अनुदानअन्तर्गत विद्यालयले एकजना विज्ञान शिक्षकका लागि दरखास्त मागेको छ।
विद्यालयका प्रधानाध्यापक लालचन्द्र जैसीका अनुसार, योग्य उम्मेदवारले शैक्षिक योग्यता प्रमाणपत्र, नागरिकता र अध्ययन अनुमति पत्रका साथमा आवेदन दिनुपर्नेछ। यसका अतिरिक्त, दरखास्तको लागि चार हजार रुपैयाँ आवेदन शुल्क समेत बुझाउनुपर्नेछ।

प्रकाशित मिति : २०८१ चैत्र १ गते शनिवार





