नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेसँगै फागुन २७ गतेदेखि विभिन्न दलका केन्द्रीय कार्यालयमा धर्ना दिन थालेको छ ।
सरकारसँग यसअघि भएका सहमति कार्यान्वयन नगरेको र विद्यालय शिक्षा ऐन जारी गराउन नखोजेको भन्दै फागुन २४ गते काठमाडौँ केन्द्रीत विरोध सभा गरेको महासङ्घले अबका आन्दोलन कार्यक्रम अन्तर्गत चैत ५ गतेसम्म विभिन्न दलका पार्टी कार्यालयमा धर्ना दिन थालेको हो ।
नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलनका क्रममा फागुन २७ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको थियो भने आज चैत २८ गते नेकपा एमालेको केन्द्रीय कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते बुधवार





