प्रधानमन्त्रीलाई बालेनको आग्रह- मलाई नेपाली भएर बाँच्न दिनुस्



balen

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली भएर बाँच्ने आधार मागेका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस शेयर गर्दै मेयर शाहले एक नेपाली भएर बाँच्ने आधार बनाइदिन आग्रह गरेका हुन् ।

‘प्यारो प्रधानमन्त्री ज्यु’ को सम्बोधन गर्दै मेयर शाहले कवितात्मक शैलीमा भनेका छन्, ‘मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस् ।’

प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार