ईसीडी शिक्षा अध्ययन गठित समितिले शिक्षामन्त्री भट्टराईलाई बुझाएको प्रतिवेदनमा के छ?



प्रारम्भिक बालविकास (ईसीडी)का समग्र पक्षमा अध्ययन गर्न गठित समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई प्रतिवेदन बुझाएको छ।

समिति संयोजक तथा शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दिपक शर्मासहितको टोलीले फागुन १ गते शिक्षामन्त्री भट्टराईसमक्ष प्रतिवेदन पेस गरेको हो।

अहिले कुन खालको अवस्थामा ईसीडी छ र कसरी व्यवस्थित गर्ने भन्ने कुरा समितिले बुझाएको प्रतिवेदनमा समेटिएको छ।

प्रतिवेदन विश्व परिवेश र नेपालको शिक्षा प्रणालीको लेखाजोखा गरेर व्यवहारिक बनाउने प्रयास गरि बनाइएको समितिका संयोजक शर्माले बताए।

प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार