रवि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै



rabi lamichhane

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं आई जिल्ला अदालतमा उपस्थित हुँदैछन् ।

विविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार रवि आज बिहान ८ बजे पोखराबाट काठमाडौं प्रस्थान गर्नेछन् । त्यसपछि काठमाडौं जिल्ला अदालतमा हाजिर हुनेछन् ।

प्रकाशित मिति : २०८१ पुष २६ गते शुक्रवार