शाखा अधिकृतकाे परीक्षा स्थगित



काठमाडौं । लोकसेवा आयोगले लिन लागेको प्रशासन समूहको शाखा अधिकृत परीक्षा स्थगित हुने भएको छ ।

शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र नारायण प्रसाद रेग्मीको संयुक्त इजलासले सामान्य प्रशासन समूहका पदमा दरखास्त संकलन गरी त्यसपछिका बाँकी काम रोक्न आदेश दिएसंगै परीक्षा स्थगित हुने भएको हो ।

प्रेमराज निरौलासहितले रिक्त सम्पूर्ण पद समावेश नगरी विज्ञापन भएका कारण आफूहरू बढुवा हुने अवसरबाट वञ्चित हुनु परेको भन्दै दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो ।

आयोगले मंसिर २६ गते अधिकृतका लागि दरखास्त आह्वान गरेको थियो ।

प्रकाशित मिति : २०८१ पुष २० गते शनिवार