पुनः म्याद थपको लागि रवि लामिछानेलाई कास्की अदालत लगियो



रास्वपा सभापति रवि लामिछानेलाई कास्की अदालतमा पेस गरिएको छ । केहीबेर अघि उनलाई अदालत पुर्‍याइएको छ । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध आरोपमा अनुसन्धानमा रहेका लामिछानेलाई पुनः म्याद थपको तयारी गरिएको छ ।

२ कात्तिकमा पक्राउ परेका लामिछानेलाई कास्की प्रहरी हिरासतमै रहेका बेला बुटवल, काठमाडौँ र चितवनमा बयानका लागि लगिएको थियो ।

विभिन्न सहकारीको रकम गोर्खा मिडियामा लगेर रकम अपचलन गरेको आरोप उनीमाथि छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २३ गते आइतवार