जिल्ला प्रशासन कार्यालय ललितपुरबाट जारी सबै पास खारेज !



ललितपुर | जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको सबै हस्तलिखित र ई-पास खारेज गरेको छ । जेठ ३ गतेदेखि लागू हुनेगरी खारेज गरिएकाे जानकारी एक विज्ञप्ति मार्फत दिइएको छ । यसअघि गृहमन्त्रालयले सबै पास खारेज गर्ने निर्णय गरेको थियो ।

लकडाउन थप्ने सरकारको तयारी
सरकारले जारी लकडाउन थप्ने तयारी गरेको छ। शुक्रबार बसेको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकमा सो विषयमा छलफल भएको हो। लकडाउन थप गर्ने वा नगर्ने विषयमा छलफल गर्न विशेषज्ञहरूलाई बोलाइएको थियो। सो छलफलमा विशेषज्ञहरूले लकडाउन थप गर्न सुझाव दिएका बैठकमा उपस्थित एक मन्त्रीले बताए। ‘अहिलेको अवस्थामा महामारी बढ्ने क्रम जारीनै रहेको बेला लकडाउन थप गर्न सबैले सुझाव दिएका छन्’,ती मन्त्रीले भने। ती सुझावलाई भोलि बस्ने समितिको बैठकमा छलफल गरिने र मन्त्रिपरिषद् बैठकमा पेश गरिने ती मन्त्रीले बताए। सरकारले जारी गरेको लकडाउन जेठ ५ गते सकिँदै छ।

प्रकाशित मिति : २०७७ जेष्ठ २ गते शुक्रवार