काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका सरकारी कार्यालय १५ दिन बन्द गर्ने प्रशासनको निर्णय



काठमाडौं । काठमाडौं उपत्यकाका सबै सरकारी कार्यालय १५ दिनका लागि बन्द गर्ने निर्णय भएकाे छ । बिहीबार उपत्यकाका जिल्लाहरू काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले अत्यावश्यक सेवाबाहेक सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकासहित मुलुकका धेरै ठाउँमा कोरोना संक्रमितको संख्या बढेपछि सबै सरकारी कार्यलय बन्द गर्ने निर्णय गरिएको हो । बैठकमा अत्यावश्‍यक सेवा प्रदान गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य, विद्युत्, दूरसञ्चार, खानेपानी, दैनिक उपभोग्य बस्तु बिक्री तथा ढुवानीसँग सम्बन्धित कार्यालय मात्रै सञ्चालन हुने निर्णय भएको छ ।

बैठकपछि निर्णय अनुमोदनका लागि तीनवटै प्रशासनले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वका दुई संयन्त्र उच्चस्तरीय समिति र क्राइसिस म्यानेजमेन्ट सेन्टरमा पठाएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २ गते शुक्रवार