
काठमाडाैँ, २ जेठ । नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या २५८ पुगेकाे छ । शुक्रबार बिहान ९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार राष्ट्रिय प्रयोगशाला काठमाडाैँ र बाँकेकाे भेरी अस्पताल प्रयाेगशालामा गरिएकाे परीक्षणमा ९ जनामा काेराेना पुष्टि भएकाे हाे । थपिएका ९ मध्ये एक जना मकवानपुरका ३७ वर्षीय पुरुष र बाँकी ८ जना बाँकेका पुरुष रहेका छन् ।
बाँकेका संक्रमितहरू १८ वर्षदेखि ३६ वर्ष उमेर समूहका रहेकाे मन्त्रालयका सह-प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार संक्रमित सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ भने उनीहरूलाई आइसोलेसनमा राखेर उपचार थालिने भएको छ । यसअघि बिहीबार मात्र विभिन्न ठाउँमा ६ जना संक्रमित थपिएका थिए । हाल ३५ जना संक्रमित भने निकाे भइसकेका छन् ।
प्रकाशित मिति : २०७७ जेष्ठ २ गते शुक्रवार