बगुवासम्म एकतर्फी खुल्यो कान्ति लोकपथ



ललितपुर । अविरल वर्ष पछि आएको बाढी पहिरोका कारण अवरुद्ध कान्ति लोकपथको ललितपुर खण्ड बगुवासम्म एकतर्फी रुपमा खुलेको छ । मुख्य सडक अवरुद्ध हुँदा विद्युत सञ्चार लगायतका सेवा सुचारु गर्न कठिन भएपछि स्थानीय सरकारको पहलमा मुख्य सडक खुलाउने काम सुरु भएको थियो ।

ललितपुरको बगुवामा रहेको बागमतीको पुल बगाएका कारण कान्ति लोकपथ पुर्णरुपमा संचालनमा आउन समय लाग्ने भएको छ । मकवानपुर खण्डमा नेपाली सेनाको टोलीले बागमतीमा डाइर्भसन बनाएर सडक संचालनको तयारी गरिरहेको छ।

प्रकाशित मिति : २०८१ असोज २० गते आइतवार