त्रिभुवन विश्वविद्यालयले वार्षिक प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरूलाई एक पटकका लागि मौका परीक्षाको अवसर दिने भएको छ । आइतबार शिक्षा मन्त्री विद्या भट्टराईसँगको छलफल पछि विश्वविद्यालयले २०५८ पछिका परीक्षार्थीहरूलाई मौका परीक्षाको अवसर दिने निर्णय गरेको हो ।
असोज ७ गते त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्रा.डा. खड्ग के.सी.को अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको जनाएको छ । विश्वविद्यालय अन्तर्गतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरूको हकमा एक पटकका लागि मौका परीक्षाको अवसर दिइने जनाएको छ ।
प्रकाशित मिति : २०८१ असोज ८ गते मङ्गलवार