शिक्षक सेवाको पाठ्यक्रम परिवर्तन हुन्छ: शिक्षामन्त्री



शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षक सेवा आयोगको पाठ्यक्रम परिवर्तन गरिने बताएकी छन् । पाठ्यक्रम परिवर्तन गर्ने विषयमा आयोगका कर्मचारीहरूसँग छलफल भईसकेको बताउँदै उनले यही आर्थिक वर्षमा पाठ्यक्रम परिवर्तन गरिने बताइन् ।

उनले ‘भनिन् शिक्षक सेवा आयोगको पाठ्यक्रम परिवर्तन हुन्छ । कर्मचारीहरूसँग बसेर यसबारे छलफल पनि भईसकेको छ । यही आर्थिक वर्षमा परिवर्तन गर्ने तयारीमा छौँ । अहिले उहाँहरू नतिजा निकाल्ने काममा व्यस्त हुनुहुन्छ, त्यसपछि परिवर्तनको प्रक्रियालाई छलफल गरेर अगाडी बढाउनु हुन्छ ।’

आयोगले आधारभूत तह र माध्यमिक तहको पाठ्यक्रम २०७६ सालमा निर्माण गरेको थियो भने अध्ययन अनुमति पत्र र बढुवाको पाठ्यक्रम २०७८ मा निर्माण गरेको थियो ।

प्रकाशित मिति : २०८१ असोज ८ गते मङ्गलवार