पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै लाछिानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको हो।
प्रहरी उच्च स्रोतका अनुसार गृहको निर्देशनपछि लामिछानेलाई पक्राउ गर्न लागिएको हो। संसद्मा पेस भएको छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद् निर्णय आएसँगै गृहमन्त्रालयले यसबारे आवश्यक कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएको थियो।
प्रकाशित मिति : २०८१ असोज ६ गते आइतवार





