मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ



काठमाडौं । सामाजिक अभियन्ता एवंम मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर व्यूरोबाट खटिएका प्रहरीले उनलाई उनकै निवास बालकोटबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गर्न प्रसाईंलाई पक्राउ गरिएको हो ।

साइबर ब्यूरोमा उनीविरुद्ध उजुरी परेको थियो । त्यसको आधारमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति माग्दै ब्यूरो अदालत गएको थियो ।

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतवार