हेटौँडा । निरन्तर झरीसँगै आएको पहिरोका कारण हेटौँडा–काठमाडौँ सडक खण्डको कान्तिलोकपथ अवरुद्ध भएको छ । ललितपुर जिल्लामा पर्ने झाँक्रीडाँडामा पहिरो जाँदा भट्टेडाडाबाट मकवानपुरतर्फ जाने कान्तिलोकपथ अवरुद्ध भएको हो ।
हिजो साँझ ७ः४५ मा पहिरो गएको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीको भनाई छ ।
प्रकाशित मिति : २०८१ भाद्र ६ गते बिहिवार





