प्रावि, निमावि र मावि तहको प्रथम र द्वितीय श्रेणीमा शिक्षक बढुवाका लागि आवेदन माग



शिक्षक सेवा आयोगले प्राथमिक तह, निम्न माध्यमिक तह र माध्यमिक तहको प्रथम र द्वितीय श्रेणीमा बढुवाद्वारा शिक्षक पद पूर्ति गर्न दरखास्त आह्वान गरेको छ ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २७ बमोजिम बढुवाका लागि सम्भाव्य उम्मेदवारहरूले आयोगबाट निर्धारित दरखास्त फाराम भरी विज्ञापनमा तोकिए बमोजिमको आवश्यक कागजातहरू संलग्न राखी सम्बन्धित जिल्लामा रहेको शिक्षा विकास तथा समन्वय एकाइ मार्फत दरखास्त दिन आह्वान गरेको हो ।

कार्य सम्पादन मूल्याङ्कनको आधारमा गरिने ( ७५ प्रतिशत) को विज्ञापनका हकमा असोज ३ गतेभित्र दरखास्त दिनुपर्ने छ । साथै आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने ( २५ प्रतिशत) शिक्षक बढुवा विज्ञापनको हकमा सिङ्गल दस्तुरका लागि भदौं ३० गते राति १२.०० बजेभित्र र दोब्बर दस्तुरका लागि असोज ६ गते रातिको १२.०० बजेभित्र आवेदन दिनुपर्ने छ ।

आवेदन आयोगको https://online.tsc.gov.np/ मार्फत अनलाइनबाट दिन सकिने छ । सूचना तथा विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट https://tsc.gov.np डाउनलोड / सूचना / विज्ञापन Tab बाट प्राप्त गर्न सकिनेछ ।

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रवार