काठमाडौं महानगरको पुँजीगत खर्च पछिल्लो पाँच वर्षकै बढी, बेरुजु पनि घट्यो



काठमाडौं महानगरपालिकाको चालु आर्थिक वर्षमा ५१ प्रतिशत बजेट खर्च गरेको छ। पछिल्ला पाँच वर्षको तुलनामा महानगरको बजेट खर्च यसपालि सबभन्दा धेरै भएको हो।

वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा बेरूजु ६१ प्रतिशतले कम भएर २६ करोड रूपैयाँ कायम भएको महानगरले जनाएको छ।

महानगरका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २४ अर्ब २० करोड रूपैयाँ बजेट विनियोजन गरिएको थियो। त्यसमध्ये १२ अर्ब ३५ करोड रूपैयाँ अर्थात् ५१.०४ प्रतिशत खर्च भएको छ।

‘पछिल्ला पाँच वर्षयता यो सबभन्दा धेरै खर्च हो,’ महानगरका प्रवक्ता एवं वडा नम्बर-१७ का वडाध्यक्ष नवीन मानन्धरले भने। ‘यो वर्ष महानगरको खर्च बढ्नुमा पुँजीगत खर्च र वित्तीय खर्चको योगदान रहेको पुष्टि हुन्छ,’ महानगरले भनेको छ।

महानगरको बेरूजु पनि कम भएको छ। वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा बेरूजु ६१ प्रतिशतले कम भएर २६ करोड रूपैयाँ कायम भएको महानगरले जनाएको छ।

‘योजनाबद्ध कार्यक्रम सञ्चालन तथा व्यवस्थापन हुनाले पुँजीगत खर्च वृद्धि र बेरूजु न्यूनीकरण भएको हो,’ महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने।

प्रकाशित मिति : २०८१ असार २७ गते बुधवार