म्यानपावरको भाषा बोल्छन् श्रममन्त्रीः साइप्रसको ‘जिटुजी’ प्रस्ताव गरे अस्वीकार



काठमाडौं । जिटुजी संयन्त्रमार्फत श्रमिक लैजाने साइप्रसको प्रस्ताव श्रममन्त्री डोलप्रसाद अर्यालले अस्वीकार गरेका छन् । केही समयअघि साइप्रसका हाइकमिस्नर एवागोरस व्रियोनाइड्स र श्रममन्त्री अर्यालबीच भएको भेटमा साइप्रसले जिटुजी संयन्त्रमार्फत श्रमिक लैजाने प्रस्ताव राखेको थियो ।

भेटमा एवागोरसले नेपालका म्यानपावर मार्फत पठाइएका श्रमिकहरू आर्थिक भारमा परिरहेको र सरकारको सहभागितामै पठाउन सके आर्थिक भार कम पर्ने प्रस्ताव गरेका थिए। साइप्रसको प्रस्ताव घुमाउरो रुपमा अस्वीकार गरेका मन्त्री अर्याल म्यानपावरमार्फत श्रमीक पठाउने पक्षमा छन्। मन्त्रालयका एक अधिकारीका अनुसार एवागोरसले राखेको प्रस्तावमा मन्त्री अर्याल सहमत छैनन्।

म्यानपावर व्यवसायीको आरोप समेत लाग्दै आएको मन्त्री अर्यालले म्यानपावरमार्फत साइप्रस युवा पठाउने अडानले थप केही आशंका बढेको छ । नेपाली युवाले पठाएको रेमिट्यान्सवाट चलेको मुलुकका श्रममन्त्रीले नेपाली गरिब युवाको पीडा बुझ्न नसक्नु अर्को बिडम्बना हो । नयाँ भनिएका पार्टीका मन्त्री र तिनका ढोंगी चरित्रबाट नेपाली युवा विचलीत हुने अवस्था नआओस् ।

प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते शुक्रवार