जाजरकोटमा ४.५ म्याग्निच्युडको दोस्रो झड्का



काठमाडौँ । जाजरकोटमा ४.५ म्याग्निच्युडको भूकम्पको दोस्रो झड्का गएको छ । सोमबार अपरान्ह ४ बजेर ४० मिनेटमा भूकम्पको दोस्रो झड्का गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८० कार्तिक २० गते सोमवार