काठमाडौं । जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ । जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने १०५ जना घाइते भएका छन् ।
यसैगरी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् । दैलेखमा ३, बैतडीम ३, जुम्लामा ५ र रोल्पामा १ गरी जम्मा २०२ जना घाइतेभएका छन् ।
नेपाल प्रहरीले आज अपराह्न अध्यावधिक गरेको विवरण अनुसार भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने २०२ जना घाइते भएका छन् ।
प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार





