काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परेर १३६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
भूकम्पमा परी जाजरकोटमा अहिलेसम्म ९८ जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ ।
यस्तै, भूकम्पमा परेर १६६ जना घाइते भएका छन् । जाजरकोटमा ८१ जना र कुम पश्चिममा ८५ जना घाइते भएका छन् ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार





