काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । बिहान ७ बजेर ३८ मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको हो । भूकम्प धादिङ केन्द्रविन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार





