कोरियाले ‘सीप बिल्डिङ’मा थप २५ सय नेपाली श्रमिक लैजाने, केही दिनमा आवेदन खुल्दै



काठमाडौं । कोरियाले ‘सीप बिल्डिङ’ पानी जहाज बनाउने काममा थप नेपाली श्रमिक लैजाने भएको छ ।

रोजगार अनुमति प्रणाली (इपीएस)मार्फत अहिले रोस्टरमा नाम भएका ८९२ जनाको छनौट प्रक्रिया भइरहेको छ । अबको केही दिनमा नै थप २५ सय जनाको आवेदन माग हुने इपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिए ।

सीप बिल्डिङको क्षेत्रमा पनि श्रमिक छनौटको प्रक्रिया अन्य क्षेत्रमा जाने श्रमिकको जस्तै हुनेछ ।

यसअघि कृषि तथा पशुपालन र उत्पादन क्षेत्रमा श्रमिकहरू इपीएस प्रणालीमार्फत कोरिया गइरहेका छन् । इपीएस प्रणालीमार्फत दक्षिण कोरियामा रोजगारीका लागि जाँदा भाषा परीक्षा र सीप परीक्षण दुवैमा पास हुनुपर्छ ।

प्रकाशित मिति : २०८० असार ३ गते आइतवार