दुई तिहाईको सरकारले दुई कौडीको काम पनि गरेन : राजेन्द्र महतो



काठमाडौं, २६ बैशाख । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाईको सरकारले दुई कौडीको काम समेत नगरेको आरोप लगाउनु भएको छ । प्रतिनिधिसभाको आजदेखि आरम्भ भएको बजेट अधिवेशनलाई सम्बोधन गर्दै नेता महतोले सरकारले के ग¥यो भनेर सोध्ने बेला आएको बताउनुभयो । उहाँले अर्काको पार्टी फुटाउने खेलमा लागेको वर्तमान सरकारबाट जनताले अपेक्षा गर्ने विषय केही नरहेको भन्दै मुलुकमा विकासको नाममा के भयो त्यो छर्लङ्ग देखिएको बताउनुभयो । सरकारप्रति आक्रोश पोख्दै सांसद महतोले कोरोना भाइरसको परीक्षण नबढाएकोले देशमा संक्रमणको चिन्ता थपिएको बताउनुभयो । गर्नु पर्ने काम नगरेर सरकार नगर्नु पर्ने काममा अलमिलएको आरोप लगाउँदै उहाँले संविधान विरोधी कार्यमा नलाग्न पनि सरकारलाई चेतावनी दिनुभयो ।

प्रकाशित मिति : २०७७ बैशाख २६ गते शुक्रवार