भक्तपुरमा पार्किङ गरि राखेको बस ताेडफाेड !



भक्तपुर | भक्तपुरमा सुगम मध्यपुर यातायात सेवा प्रालिको बस ताेडफाेड भएको छ । बिहीबार बेलुकी पार्किङ गरेको ठाउँमा बा २ ख ६९८१ नम्बरको बस ताेडफाेड भएको हाे । सवारी धनी रमेश खातीकाे मध्यपुर- लगनखेल चल्ने बस ताेडफाेड भएको हाे । लकडाउनकाे समयमा घर अगाडि पार्किङ गरि राखिएको बस के कारणले कसले ताेडफाेड गरेको हाे भन्ने बारे आफू अनभिज्ञ रहेको खाती बताउँछन् । यसअघि पनि ताेडफाेड भएको भन्दै खातीले प्रहरीलाई उजुरी गर्ने तयारी गरेका छन ।

प्रकाशित मिति : २०७७ बैशाख २६ गते शुक्रवार