मलेसियाका पूर्वप्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणको अभियोग, २० वर्ष जेल सजायको माग



एजेन्सी । मलेसियाका पूर्वप्रधानमन्त्री मुहिद्दीन यासिनलाई शुक्रबार शक्तिको दुरुपयोग र सम्पत्ति शुद्धीकरणलगायत ६ वटा मुद्दामा अभियोग लगाइएको छ ।

उहाँलाई विभिन्न चार अलग–अलग संस्थाबाट २३२.५ मिलियन रिङ्गिट (५१.४४ मिलियन अमेरिकी डलर) घुस मागेको आरोप लागेको छ ।

त्यसैगरी सम्पत्ति शुद्धीकरण मुद्दामा मुहिद्दिनलाई कुल १९५ मिलियन रिङ्गिट घुस लिएको आरोप छ ।

मलेसियाको राष्ट्रिय समाचार एजेन्सी बर्नामाका अनुसार मुहिद्दिनले शक्तिको दुरुपयोग गरेको आरोपमा दोषी पाइएमा २० वर्षसम्मको जेल सजाय र सोही अनुसारको जरिवाना हुनसक्छ ।

त्यसैगरी मनी लान्ड्रिङको आरोपमा दोषी ठहरिए १५ वर्षसम्म कैद र ठूलै जरिवाना हुन सक्छ।

मुहिद्दीनले सबै आरोपमा निर्दोष भएको बताउनु भएको छ । उनलाई बिहीबार हिरासतमा राखी जमानतमा रिहा गरिएको थियो।

सन् २०२० मार्च र अगस्ट २०२१ का बीच १७ महिना मलेसियाको प्रधानमन्त्री बन्नु भएका मुहिद्दिन पेरिकटन नेसनल पार्टीका अध्यक्ष छन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन २७ गते शनिवार