काठमाडौं । यस्तो लाग्छ टिकटकसामु भौगोलिक सीमाको बन्देज छैन । भाषाको अवरोध बाबजुद पनि नेपाली गीतलाई विदेशीले टिकटक बनाउँदै संसारभर फैलाएका छन् ।
यसै महिना गायिका एलिना चौहानको कन्सर्टमा गाइएको गीत ‘मिनरल वाटर’को दृश्य टिकटकमा भाइरल बनेको थियो । एसिया, युरोप, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकका टिकटक प्रयोगकर्ताले उक्त गीतमा भिडियो बनाउँदै सेयर गरिरहेका छन् ।
यतिबेला हामी दक्षिण कोरियाली टिकटक स्टार केजिमिनको कुरा गर्दैछौं, जो पछिल्लो समयमा नेपालमा समेत हिट छिन् । झण्डै दुई दर्जन नेपाली हिट गीतमा उनले टिकटक बनाएकी छन् । विश्वचर्चित कोरियाली ब्याण्ड बीटीएसको गीतदेखि नेपालीसम्म जसरी उनले भिडियो बनाएकी छन्, यसले पक्कै नेपाली संगीतलाई फाइदा पुगेको छ ।
केजिमिनलाई टिकटकमा एक करोड जनाले पछ्याएका छन् । टिकटकमा उनको लाइक २६ करोड ४१ लाख पटक उनको भिडियोमा लाइक गरिएको छ । हरियो कपालमा आकर्षक देखिएकी केजिमिनको उमेर २० वर्ष आसपासमा छ । उनको भिडियोलाई नेपाली टिकटक प्रयोगकर्ताले पनि रुचाएको देखिन्छ । उनलाई पछ्याउने नेपाली टिकटकरको संख्या पनि उच्च छ ।
@d0d_x 🇳🇵#nepalitiktok #🇳🇵 #kejimin #케지민 #okejimin #viral #fyp #lucu #korean #soonent #kefreesun #케프리썬 ♬ original sound – gracy





