यी हुन् २०७९ माघ २२ मा कोरिया जाने रेगुलर कामदार [नामावली सहित]



HRD Service of Korea बाट ममति २०७९ माघ २२ गिे(2023.02.05) मा उडान हुने कामदारहरुको अन्तिम उडान तालिका २०७९ माघ १७ गते मॊगऱबारका दिन मात्र पठाउने जानकारी प्राप्त भएकोले तपसिलमा उल्लेखित १६० जना कामदारहरु मध्येबाटै उडान हुने भएको हुॉदा तयारी अवस्थामा रहन सम्बन्धित सबैलाई जानकारीको लागि अनुरोध छ ।

[dflip id=”24908″ ][/dflip]

यसकारण अबैधानिक बिदेशीमाथी कडाइ गर्दैछ दक्षिण कोरिया
छोटो अबधिको लागी भिसा छूट कार्यक्रम अन्तर्गत दक्षिण कोरिया प्रवेश गर्ने बिदेशी नागारिकहरु स्वदेश फर्किन छाडेपछि यहाँको न्याय मन्त्रालयले अबैधानिक रुपमा बस्ने बिदेशी माथी थप निगरानी बढाउने तयारि गरेको छ l

न्याय मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार भिसा बिहिन बिदेशी नागरिकको संख्या ४ लाख १२ हजार पुगेको छ l १० बर्ष पहिला १ लाख ८० हजारको हाराहारीमा रहेको यो संख्या गत सेक्टेम्बर सम्म आइपुग्दा दोब्बर भन्दा धेरैले बढेको हो l

यो महिनाको शुरुमा , सत्तारुढ जनशक्ति पार्टीका रिप. यू साङ-बमले भिसा छूट कार्यक्रम मार्फत कोरिया प्रवेश गरेका १५० भन्दा बढी विदेशी नागरिकहरु खाङ्वन्दो स्थित याङयाङ अन्तर्राष्ट्रिय विमानस्थलबाट बेपत्ता भएको खुलासा गर्दै यसको निरीक्षण प्रणाली हेर्न मन्त्रालयलाई आग्रह गरेका छन l अनधिकृत बासिन्दाहरूमा नियन्त्रण बलियो बनाउन बढ्दो कलहरूको बीचमा उनले सो आग्रह गरेका हुन l

दक्षिण कोरियाली समाचार एजेन्सी योंघापका अनुसार गत हप्ता थेजनको पुनाराबेदन अदालतले काजाकिस्तानका एक व्यक्तिलाई सन् २०२० मा मध्य एशियाको एक आतंकवादी समूहलाई १ हजार अमेरिकी डलर पठाएको पुष्टि गर्दै दोषी ठहर गरेको छ । उनी कोरियामा बिना भिसा बस्दै आएका थिए । सोही हप्ता, एक नाइजेरियन महिलालाई अन्य व्यक्तिको आईडी प्रयोग गरेको आरोपमा पक्राउ गरिएको थियो। उनी पनि अवैध रुपमा यहाँ बस्दै आएकी थिइन ।

यसरि कागजपत्र बिहिन बस्ने बिदेशी नागरिकबाट हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रणको निमित्त मन्त्रालयले आप्रवासी सम्बन्धी नीतिलाई बृहत् रूपमा व्यवस्थापन गर्न नयाँ एजेन्सी स्थापना गर्ने तयारी गरेको छ । यसको आकार र भूमिका जस्ता विवरणहरू जुनको अन्त्यमा घोषणा गर्ने बताएको छ l

सरकारले गत बर्ष दिएको स्वैच्छिक फिर्ती छुट कार्यक्रम अन्तर्गत हाल सम्म ३२ हजार भन्दा धेरै विदेशीले कोरिया छाडेका छन भने ३२ सय भन्दा धेरै धरपकडबाट पक्राउ परि फिर्ता पठाइएको छ l

यसरी स्वैच्छिक रुपमा फिर्ता भएका बिदेशी नागरिकलाइ बिना जरिवाना पुनः प्रवेश अनुमति दिइएको बताएको छ l सरकारले दिएको स्वैच्छिक फिर्ती छुट कार्यक्रम आगामी फेब्रुरी २८ तारिख देखि समाप्त हुदै छ l

प्रकाशित मिति : २०७९ माघ १६ गते सोमवार