गृहमन्त्रीलाई भेटेर बालेनले मागे सुकुम्बासी बस्ती हटाउन सहयोग



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले गृहमन्त्री रवि लामिछानेसँग भेट गरेर सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।

आज दिउँसो १२ बजे गृह मन्त्रालयमा एकीकृत बागमती सभ्यता विकास समिति र महानगरको टोली उपप्रधानमन्त्री लामिछानेलाई भेट्न गएका हुन् ।

मन्त्रालयका एक अधिकारी अनुसार मेयर बालेनले १२ मंसिरमा थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाँदा भएको घटनाको विवरण गृहमन्त्रीसहित सुरक्षा निकायका उच्च अधिकारीलाई सुनाएका थिए ।

उनले सुकुम्बासी बस्ती हटाउनुपर्ने कारण, अवस्थाबारे ब्रिफ्रिङ गरेका थिए । बालेनले केही समन्वयको अभाव भएपनि प्रहरी र प्रशासनले असयोग गरेको भन्दै टिप्पणी गरेको छलफलमा सहभागी एकले बताए ।

बालेनसहित एकीकृत बागमती सभ्यता विकास समितिले पनि सुकुम्बासी बस्तीको विषयमा गृह मन्त्रालयमा आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २०७९ माघ १२ गते बिहिवार