सभामुखका लागि बागमतीमा तीनजनाको उमेदवारी दर्ता



मकवानपुर । बागमती प्रदेशसभाको सभामुख पदका लागि तीनजनाको उमेदवारी पेरको छ । सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भुवनकुमार पाठकले उमेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा (माओवादी केन्द्र)का युवराज दुलाल छन् ।

नेपाली कांग्रेसका तर्फबाट शिवराज अधिकारीले उमेदवारी दर्ता गराएका छन् । अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार छन् ।

यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की सिर्जना सैँजूले पनि सभामुख पदमा उमेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा गीता काफ्ले र समर्थकमा सुरेन्द्रराज गोसाइ छन् ।

प्रकाशित मिति : २०७९ पुष २८ गते बिहिवार