मलेसियाको कम्पनी Jinko Solar बाट आयो खुसीको खबर
मलेसियाको प्रतिष्ठित कम्पनी मध्यको एक हो मलेसियाको Jinko Solar । जहाँ सयौं को संख्यामा नेपाली कामदार कार्यरत रहेका छन् ।
मलेसियाको jinko solar त्यो पहिलो नम्बरको कम्पनी हो जसले सरकारले बढाएर कायम गरेको न्युनतम तलब RM1500 कामदार्लाई प्रदान गरेको थियो ।
आजको दिनमा समेत कयौं कम्पनीले पुरानो सम्झौताको हवला दिदै बिदेशी कामदारको न्युनतम तलब सरकारले तोकेको दिएका छैनन् भने ५ जना भन्दा कम श्रमिक रहेको कम्पनीको लागि अझै केही महिनासम्म सरकारले छुट दिएको छ ।
यस्तोमा न्युनतम तलब संगै jinko solar ले बिदेशि कामदारको तलब समेत वृद्धि गरेको छ । कम्पनीले तलब मापन स्केल वृद्धि भर्खरै गरेको हो ।
मलेसियाको jinko solar ले यो बर्ष राम्रो आम्दानी तथा कार्य सम्पन्न भएकोले बोर्ड मिटिङ बाट सबै कामदारको न्युनतम तलब वृद्धिको निर्णय गरेको सन्चार माध्यमले जनाएको छ ।
मलेसिया सबै कम्पनीले बिदेशी कामदारको न्युनतम तलब वृद्धि गरेर कम्तिमा पनि RM 15 सय बनाइ सकेका छन् । त्यसमा अन्य अलाउन्स समावेश गर्दा तलब २ हजार बढी हुने गर्छ ।
मलेसिया सरकारले सन 2022 को अन्तसम्ममा सबै कम्पनीले न्युनतम तलब सरकारले तोकेको बनाउनै पर्ने भनेको छ भने रोजगारदाता कम्पनीले सो को बिरोध गर्दै आएका भए पनि केही राम्रा कम्पनीले सरकारले तोकेको तलब दिन सुरु गरेका छन् ।
Jinko Solar को न्युनतम तलब वृद्धिले मलेसियामा रहेका नेपालीहरुलाई राहत दिइएको छ भने मलेसियाको उक्त कम्पनीले हालका दिनमा नेपाली कामदारको माग समेत गरेको छ ।





