नया वर्ष मनाउन छिट्टै नेपाल आउदै थिए निराकर तर उनले सिंगो देशलाई नै रुवाएर गए



नया वर्ष मनाउन छिट्टै नेपाल आउदै थिए निराकर तर उनले सिंगो देशलाई नै रुवाएर गए

काठमाडौ । बिहीबार राति पूर्वी एसियाली मुलुक कम्बोडियाको एक क्यासिनोमा आगलागी हुँदा २४ जनाको ‘मृ’ त्यु भएको पुष्टि हुँदा मृतकमध्ये एक जना नेपाली रहेको खुलेको छ । एक महिनाअघि भिजिट भिसामा कम्बोडिया गएका झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको ‘मृ’ त्यु भएको हो ।

थाइल्यान्डसँग सीमा जोडिएको उत्तरी कम्बोडियाको ग्राण्ड डायमन्ट सिटी बिल्डिङमा रहेको होटल क्यासिनोमा राति भीषण आगलागी हुँदा त्यहाँ सयौँ मानिसहरू रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । क्यासिनको तल्लो तलबाट आगलागी सुरु भएपछि मानिसहरू माथिल्लो तलातर्फ गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले सार्वजनिक गरेको भिडियोहरूमा देखिएको ।

यसरी ‘मृ’ त्युको मुखमा पुगेपछि पाण्डेले आफ्नो घर परिवार सम्झिए । उनले झापा घरपरिवारमा भिडियो कल गरे । सार्वजिनक भिडियो कलमा आफ्ना ९ वर्षीय छोरालाई सम्झाएको देखिन्छ । परिवारलाई सम्झाएपछि उनले बाँच्ने आशा मारेर होटलको १२ औँ तलाबाट हामफाले ।

हामफाल्दा उनको मृत्यु भएको उनका आफन्तहरूले पुष्टि गरेका छन् । निराकारको शव पहिचान भइसकेको र नेपाल ल्याउने प्रक्रियाका लागि थाइल्यान्डस्थित नेपाल राजदूतावासको समन्वयमा उनको शव ल्याउने प्रयास भइरहेको छ । काठमाडौं सुकेधारा बस्दै आएका पाण्डे परिवारसँग नयाँ वर्ष मनाउन शनिबारसम्म काठमाडौं आइपुग्ने तयारीमा थिए निराकार ।

छोरोले मृत्यु अगाडि एउटा आँट र साहस देखाएर घरपरिवार र साथीभाइसँग कुरा गरेको छ। आगोले जलेर खरानी हुनुभन्दा हाम्फालेर मर्दा परिवारले लास हेर्न पाउँछ भन्ने उसको सोच देखियो। मलाई मात्रै होइन छोराले देशलाई रुवाएर गएको छ भन्दै उनका बाबु अग्निप्रसाद पाण्डे भन्नुहुन्छ ।

क्यासिनको तल्लो तलबाट आगलागी सुरु भएपछि मानिसहरू माथिल्लो तलातर्फ गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले सार्वजनिक गरेको भिडियोहरूमा देखिएको थियो । यसरी ‘मृ’ त्युको मुखमा पुगेपछि पाण्डेले आफ्नो घर परिवार सम्झिए । उनले झापा घरपरिवारमा भिडियो कल गरे ।

प्रकाशित मिति : २०७९ पुष १६ गते शनिवार