तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
बन्दिपुर गाउँपालिका-५ याम्पास्थित पृथ्वीराजमार्गमा बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज खड्काले जानकारी दिए।
शनिबार दिउँसो २ बजे पोखराबाट काठमाडौ आउँदै गरेको नं.३-०१-००६ ख ०९२४ नं.को बस र विपरित दिशाबाट जाँदै गरेको ग १३ प ३५५४ नं.को स्कुटर ठोक्किएका थिए।
स्कुटर ठोक्किँदा भानु नगरपालिका-१३ समजुर बस्ने चालक ३२ वर्षीय शेख महमद रखिम मिया गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि दमौली अस्पताल लगिएको थियो।
त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको डिएसपी खड्काले बताए। बस चालक सिन्धुली गोलञ्जोर गाउँपालिका-४ बस्ने ३३ वर्षीय चुक्तबहादुर ठकुरीलाई नियन्त्रणमा लिएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०७९ पुष १६ गते शनिवार





