साउदीले यतिधेरै मुल्यमा किन्यो रोनाल्डोलाई



साउदीले यतिधेरै मुल्यमा किन्यो रोनाल्डोलाई

क्रिस्टियानो रोनाल्डो सन् २०२५ सम्मको लागि साउदी अरेबियन क्लब अल नासेरमा अनुबन्ध भएका छन् । पोर्चुगलका कप्तान रोनाल्डो नोभेम्बरमा विवादास्पद अन्तर्वातापछि म्यानचेस्टर युनाइटेड छाडेका थिए । त्यसपछि फ्रि एजेन्ड थिए । सम्झौतासँगै रोनाल्डो कीर्तिमानी मुल्यमा नासेर पुगेका हुन् ।

नासेरसँग रोनाल्डोले एक सय ७७ मिलियन पाउन्डमा अनुबन्ध भएका हुन् । ३७ वर्षीय रोनाल्डोले फरक देश र फरक लिगमा अनुभव बाढ्न उत्सुक रहेको बताएका छन् । ‘युरोपिनय फुटबल जित्नबाट टाढा रहेको छु । यो निर्णय नै ठिक छ ।

मेरो अनुभव एसियामा बाढ्नेछु,’ रोनाल्डोले भनेका छन् । अल नासेर नौं पटक साउदी प्रो लिग च्याम्पियन भएको छ । साउदीले यो ऐतिहासिक सम्झौता भनेको छ ।

यो सिजनको सुरुवातमा रोनाल्डोलाई साउदी अर्काे क्लब अल हिलालले तीन सय पाँच मिलियन पाउन्डमा लिने बताएको थियो । रोनाल्डोले युनाइटेडमा तीन सय ४६ खेल खेल्दा एक सय ४५ गोलगरेका छन् ।

युभेन्ट्स जोडेपछि सन् २०२१ अगस्टमा रोनाल्डो युनाइटेड आएका थिए । ११वर्ष अघि रोनाल्डो युनाइटेड छाड्दै रियल मड्रिड पुगेका थिए ।

प्रकाशित मिति : २०७९ पुष १६ गते शनिवार