कावासोती
लुम्बिनी आवासिय माध्यमिक विद्यालयले २७ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मोतिराम तिवारीको अध्यक्षतामा आायेजित कार्यक्रममा कावासोती नगरपालिकाका प्रमुख विष्णु प्रसाद भुषालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथि भुषालले शिक्षित बालबालिका बिना सभ्य समाज निर्माण हुन नसक्ने बताउनुभएको छ । विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्वोधन गर्नुहुँदै प्रमुख भुषालले अवका बालबालिकाहरुलाई व्यवहारिक ज्ञान र शिक्षाको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

उहाँले भर्खर प्रावि र बालशिक्षामा अध्ययनरत बालबालिकाहरुलाई उचित शिक्षा दिएर मजबुत जग बसाल्न सकियो भने सभ्य समाजको निर्माण हुने बताउनु भयो । उनीहरुलाई गतिलो शिक्षादिक्षा दिन सकिएन भने शिक्षाको भविष्य बसाल्न नसिने भन्दै शिक्षामा लगानी गर्न अभिभावकहरुलाई आग्रह गर्नु भयो ।
बिहिबार विद्यालयको प्रांगणमा आयोजित कार्यत्रकममा स्थानिय निजी तथा सामुदायिक विद्यालयका प्रतिनिधि तथा राजनिति दलका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा कक्ष्ााँ नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुले मौलिक पोसाकमा सजिएर नृत्य प्रस्तुत गरिएको थियो ।
यसैगरी एस ई ई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएका विद्यार्थीहरु र लामो समय विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । विद्यालयका सहायक प्रिन्सीपल त्रिलोक तिवारीले सञ्चालन गर्नुभएको कार्यक्रममा अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।







