अस्पतालको ट्वाइलेटमा बच्चा जन्माएर युवती फरार
काठमाडौं । सर्लाहीको मलङ्गवास्थि प्रादेशिक अस्पतालमा नवजात शिशुलाई जन्म दिएर एक युवती फरार भएकी छिन् । सोमबार सुत्केरी व्यथाले च्यापेपछि अस्पताल आइ शौचालयमा शिशुलाई जन्म दिएर एक भारतीय युवती फरा भएकी हुन् ।
नवजात शिशुलाई अस्पताल परिसरमा रहेको वन स्टप क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा राखिएको छ । नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको डा झाले बताए ।
अवैध सम्बन्धका कारण शिशुको जन्म भएको हुनसक्ने आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान र आमाको खोजी भइरहेको सर्लाहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार भारतको सोनवर्षा घर बताउने ती युवती सोमबार दिउँसो १ बजे अस्पताल पुगेकी थिइन् । सुत्केरी बेथाले च्यापेपछि अस्पताल पुगेकी उनले सौचालयमा गएर छोरालाई जन्म दिकी थिइन् ।





