अमेरिकामा हिम आँधीका कारण ३८ जनाको ज्यान गयो, बिजुली बन्द, हजारौँ उडान रद्द



अमेरिकामा हिम आँधीका कारण ३८ जनाको ज्यान गयो, बिजुली बन्द, हजारौँ उडान रद्द

एजेन्सी। अमेरिकामा अध्याधिक हिमपात र हिम आँधीका कारण ३८ जनाको ज्यान गएको छ । केहि हराइरहेका छन् । अमेरिका र क्यानडाले पछिल्लो हप्तादेखि अत्याधिक हिमपात र जाडोको सामना गरिरहेका छन् ।

धेरैजसो क्षेत्र चिसोले जमेका बीबीसीले जनाएको छ । अहिलेसम्म न्युयोर्क सबैभन्दा धेरै प्रभावित क्षेत्र बनेको छ । हिम आँधीले केही दिनदेखि विनाश मच्चाएको छ ।

२० लाख भन्दा धेरै नागरिक बिजुलीविहिन अवस्थामा छन् । हजारौं उडानहरू रद्द गरिएका छन्, धेरै मानिसहरू क्रिसमसमा आफ्नो परिवारमा पुग्नबाट रोकिएका छन्।

आइतबार पाँच करोड भन्दा धेरै मानिस घरभित्रै बस्न बाध्य भएका थिए । क्यानाडादेखि दक्षिणी टेक्साससम्म फैलिएको हिमआँधि अझै केहि दिन जारी रहनेछ । न्युयोर्कको आँधीलाइ ईतिहासकै डरलाग्दो भनिएको छ ।

प्रकाशित मिति : २०७९ पुष ११ गते सोमवार